funny audio, funny mp3, viral videos, trivia, fun facts, MySpace.com, entertainment news, hollywood, movies, movie reviews television, tv, radio, dvd reviews, Boston Red Sox, fitness equipment, female fitness models, pretty female models, MySpace Graphics, free graphics, free wallpaper, web graphics, clip art, animations, toys, collectibles, resources, free mp3's, file sharing tools, napster

ZetaSpace.com


 


नेपाली कांग्रेसले गर्दा नै राजनीति गणितिय खेलमा परिवर्तन आएक


Video Url:

Tags: ANA  AT  BREAKING  COM  DOOR  FIRST  FROM  HAPPENINGS  INTENET  NEPAL  NEPAL'S  NEPALNEWS  NEWS  STEP  TELEVISION  YOUR  
Channel:
News & Politics
Uploaded: December 31, 1969 at 6:59 pm
Author: ananepalnews
Length: 03:28
Rating: N/A
Views: 110
सुचना तथा सञ्चार मन्त्री कृष्ण बहादुर महराले नेपाली कांग्रेसले गर्दा नै गणितिय खेलमा परिवर्तन आएको बताउनुभयो । नेपाल भारत बीच विकास एवम् मैत्री संघद्वारा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउँदै आफुहरु पनि सहमतिकै सरकारको बाटोमा लाग्दा कांग्रेस विपक्षमा उत्रिएको बताउनुभयो ।उहाँले नेपाल र भारत सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध उस्तै भएको वेश भएता पनि दुई फरक स्वतन्त्र स्वाभिमान देश भएको जानकारी दिनुभयो । प्रजातन्त्र कसैको ठगि खाने भाडो नभएको र कसैको इच्छा अनुसार देश चल्न नसक्ने दावि गर्नुभयो । उहाँले कोशी व्यारेज कुन समयमा सन्धि सम्झौताले बाधियो भन्ने तिर नलागेर त्यसलाई समयाअनुकुल विस्तार वा विकसित गर्नुपर्नेमा जोडदिनुभयो । कोशी बाँध भत्कनाले दुबै देशका जनताले समस्या भोग्नुपरेको महराले बताउनुभयो । कार्यक्रममा उपस्थित नेपाली कांग्रेसकी नेत्री सुजता कोईरालाले कांग्रेस विपक्षमा बसेर विपक्ष पार्टीले गर्नुपर्ने काम गरेर देखाउनेमा जोड दिनुभयो । उहाँले यो सरकार संविधान बनाउन आएको हो । सहमतिको सरकार बनाउनुपर्नेमा प्रचण्ड चर्केको आरोप लगाउनुभयो । नेत्री कोईरालाले प्रचण्डले जनमुक्ति सेनाबाट राजिनामा दिनुपर्ने सम्पति फिर्ता दिनुपर्ने लगायतका आफ्ना पाँच बुँदे माग पुरानो भएको बताउनुभयो । साथै उहाँले अरुको मुख ताक्नु भन्दा आफ्नो व्यावहारमा परिवर्तन ल्याउनुपर्ने र प्रजातन्त्रमा बाधा अड्चन आएमा आफुहरु त्यस विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भारत राज्य सभा एवम् कांग्रेस आइ का नेता के.के.रावले नेपाल र भारतको रहन सहन उस्तै भएकोले नेपालमा बन्न लागेको नयाँ संविधान बनाउन देखि संघिय राज्य निर्माण वा लोकतान्त्रीक गणतन्त्र संस्थागत बनाउन सहयोग गर्ने बताउनुभयो । यति मात्र नभएर उहाँले प्रधानमन्त्री प्रचण्डको सुधार ल्याउने बताउनुभयो ।कार्यक्रममा उपस्थित अन्य व्यक्तिहरुले नेपालको आन्तरीक समस्या समाधान गर्न र गणतान्त्रीक संस्थागत गर्न भारतद्वारा सहयोगको अपेक्षा राखेको बताउनुभयो ।ANA २०६५ भाद्र २२

Video Comments

No comments.

 

Audio | Videos | Music | Dating | Humor
 Sexy Female Models | Cool Links| Link Exchange | Contact




Voice Overs, Voice Talent, Tampa Bay Voice Talent, Radio TV Television Commercials Voice Talent, Tampa Male Voice Actor

 

© 2008 ZetaSpace.com

  

 web design WhiteTigerMedia